एभरेष्ट बैंक कर्मचारी परिवारद्वारा विपन्नलाई राहत वितरण

काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवार ओखलढुंगाद्धारा सुनकोशी गाउँपालिकास्थित अति विपन्न, असहाय, दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति र परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

 

बैंकले सुनकोशी गाउँपालिकाको सहकार्यमा विपन्न परिवारलाई चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्री तथा हात धुने साबुन वितरण गरेको हो ।

 

एभरेष्ट बैंक लि. ओखलढुंगा शाखाका शाखा प्रबन्धक हिमाल भट्टराईले सुनकोशी गाउँपालिका वडा नं. १० का वडाध्यक्ष तुलाराम पराजुलीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन ।

 

वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही भएपनि राहत मिल्ने विश्वास एभरेष्ट बैंक कर्मचारी परिवारले लिएको छ ।

 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारलाई ६ लाखका दरले ४२ लाख रुपैयाँ र केन्द्रीय सरकारलाई ६० लाख गरी कुल १ करोड २ लाख रुपैयाँ सहयोग गरेको छ ।

'निजी क्षेत्रको व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गरी सम्बोेधन गरिन्छ' Read Previous

'निजी क्षेत्रको व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गरी सम्बोेधन गरिन्छ'

लकडाउन पछि किन ह्वात्तै घट्यो तरकारीको भाउ, यस्ता छन् कारण Read Next

लकडाउन पछि किन ह्वात्तै घट्यो तरकारीको भाउ, यस्ता छन् कारण