काठमाडौं । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५०० एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ ।
विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरसको संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।
सुरुमा कम्पनीले १०० एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रबन्धक प्रनबजंग पाण्डेले जानकारी दिए ।
उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्ड अनुसार उत्पादन गरिएको जानकारी दिए । ५०० एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य ५१५ रुपैयाँ पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा डिपार्टमेन्टल स्टोरमा पाइने छ ।