अब लकडाउनमा पनि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित)

काठमाडौं । लकडाउनकै बीच सरकारले शर्तसहित अत्यावश्यक सेवाका वस्तु उत्पादन गर्ने सहित अन्य उद्योगहरु पनि सञ्चालन गर्न दिने भएको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारले खाद्यान्नसहित अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

 

सरकारले आजै आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णग गरेको थियो ।कोरोनाका कारण डेढ महिनादेखि अधिकांश उद्योग, कलकारखाना ठप्प भएपछि समग्र अर्थतन्त्रनै प्रभावित भएको भन्दै अर्थशास्त्रीहरुले सरकारलाई सुरक्षा अपनाइ उद्योगधन्दा चलाउन दिन सुझाव दिएका थिए । यस्तै उद्योगीहरुले पनि उद्योग सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

 

सरकारले सतर्कता अपनाउँदै विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग, सबैखाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग, औषधि, खाद्यन्न, निर्माण सामग्री, कृषि उत्पादन गर्ने लगायतका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने भएको हो ।

 

सरकारले उद्योग तथा कलकारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने लगायत सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखेको छ ।

 

मन्त्रिपरिषद्को निर्णय अनुसार शुक्रबारदेखि निम्न उद्योग सञ्चालनमा आउने छन् :

 

१. खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२. दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३. औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४. खाने पानी उत्पादन गर्ने उद्योगहरु
५. पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
६. इँटा उद्योग
७. एलपीजी ग्यास उद्योग
८. प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
९. कफी उद्योग
१०. पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
११. खाने तेल तथा घ्यू उद्योग
१२. चिनी उद्योग
१३. चिया प्रशोधन उद्योग
१४. नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५. मसला उद्योग
१६. अलैंची र अदुवा प्रशोधन उद्योग
१७. कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८. धान चामल र चिउरा उद्योग
१९. दाल उद्योग
२०. पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१. खानी तथा खनिजजन्य उद्योग
२२. बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३. सिमेण्ट उद्योग
२४. आइरन तथा स्टिलउद्योग
२५. पेन्टिङस (रंगरोगन) उद्योग
२६. जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७. बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८. जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९. प्लाइउड र भेनिर उद्योग
३०. विद्युत् उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१. ग्रील उद्योग
३२. फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३३. ढुवानी तथा कार्गो सेवा उद्योग
३४. मेसिन पार्टपूर्जा वर्कसप उद्योग
३५. मोटर ग्यारेज वर्कसप उद्योग
३६. छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
३७. जस्ता पाता उद्योग
३८. हेभी मेशीनरी औजार मर्मत संभार
३९. खनिजजन्य उद्योग र खानीहरु ९लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत.
४०. समिल र काष्ठ उद्योग
४१. आल्मुनियम उद्योग
४२. सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

हिमालय एयरलाइन्सले ल्यायो ग्वाङ्जाओबाट साढे ६ हजार किलो स्वास्थ्य सामग्री Read Previous

हिमालय एयरलाइन्सले ल्यायो ग्वाङ्जाओबाट साढे ६ हजार किलो स्वास्थ्य सामग्री

४५  दिनपछि आइतबारदेखि सेयर कारोबार खुल्दै, नेप्सेका ३३% कर्मचारी मात्र कार्यालय आउने Read Next

४५ दिनपछि आइतबारदेखि सेयर कारोबार खुल्दै, नेप्सेका ३३% कर्मचारी मात्र कार्यालय आउने