४५ दिनपछि आइतबारदेखि सेयर कारोबार खुल्दै, नेप्सेका ३३% कर्मचारी मात्र कार्यालय आउने

काठमाडौं । कोरोबार बन्द भएको ४५ दिनपछि आतबारदेखि सेयर बजारमा कारोबार खुल्ने भएको छ ।

 

सरकारले लकडाउन जेठ ५ गतेसम्म लब्म्याए पनि शर्तसहित केही खुकुलो बनाउने निर्णयसँगै आइतबारदेखि धितोपत्र बजार खुल्ने भएको हो ।

 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बीमा, धितोपत्र, सहकारी संस्थामार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको हो।

 

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउज घोषणा गरेसँगै चैत ११ गते अन्तिम पटक सेयर कारोबार भएको थियो।

 

कारोबार गर्न एक तिहाइ कर्मचारी मात्रै राख्नु पर्ने भएकोले त्यसको लागि भने कति समय खोल्ने भन्ने तय नभएको नेप्सेले जनाएको छ ।

 

यस अघि नै नेप्सेले ब्रोकर कम्पनी,सीडीएससी र सरोकारवालासँगको छलफल पछि बजार खोल्न सकिने भन्दै बोर्डलाई पत्र लेखेको थियो। तर बोर्डले अझै पत्रको उत्तर भने दिएको छैन।

 

पत्रमा बजार सञ्चालनको समय दुई घण्टामा सीमित गर्ने, अनलाइन कारोबार मात्रै सञ्चालन गर्ने, प्रत्येक ब्रोकर कम्पनीलाई ५ वटा पासको व्यवस्था गर्ने लगायत उल्लेख छ।

अब लकडाउनमा पनि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित) Read Previous

अब लकडाउनमा पनि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित)

कोरोनालाई पाखा लगाउँदै जर्मनी, पसल र विद्यालय खोल्ने तयारी Read Next

कोरोनालाई पाखा लगाउँदै जर्मनी, पसल र विद्यालय खोल्ने तयारी