अब एनआइसी एशियाको पस टर्मिनल र एटीएममा मास्टर कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । एनआइसी एशिया बैंकको पस टर्मिनल र एटीएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ। अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि सो सुविधा थपिएको हो।

 

यो व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले यस बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटीएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्नेछन्।

 

नेपालमा मास्टर कार्ड प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी होटल, रेष्टुरेन्ट, पर्यटनजस्ता सेवामूलक क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताको संख्या यथेष्ट रहेकोले एनआइसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्‍याएको छ।

 

ग्राहकलाई घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा अनलाइनबाट निःशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क छन्।

 

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाका कार्ड वाहकले एनआइसी एशिया बैंकका ४६१ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ।

 

लकडाउनको परिस्थितिमा ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा ग्राहक सम्पर्क केन्द्रको टोल फ्री नम्बर १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ ९८०१२२७७५५, एसएमएस ३४४८८, वेबसाइट च्याटबाट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सीधा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

 

बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ।

एकै परिवारका १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो Read Previous

एकै परिवारका १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

सम्झौता भएको ५ महिनामा पनि पाएनन् उखु किसानले भुक्तानी, तत्काल दिन निर्देशन Read Next

सम्झौता भएको ५ महिनामा पनि पाएनन् उखु किसानले भुक्तानी, तत्काल दिन निर्देशन