काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्साको वीरगञ्जका १७ जनामा कोरोना पुष्टि भएको हो ।
उनका अनुसार वीरगंजबाट संकलित स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा २ महिनादेखि ६६ वर्षसम्मका व्यक्तिमा संक्रमण भेटिएको हो। उनीहरु सबै एकै परिवारका सदस्य रहेको बताइएको छ ।
नेपालका ९९ जना संक्रमितमध्ये हाल १६ जना निको भइसकेका थिए । तर, निको भएका ३ जनामा पुनः कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।