काठमाडौं । केएल दुगड समूह अन्तर्गतको संस्था य़ुनाइटेड सिमेन्ट्सले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ।
लकडाउनका कारण विभिन्न स्थानमा निम्न आयस्रोत भएका र दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने नागरिकहरुलाई यो समयमा राहतको आवश्यकता रहेकोले य़ुनाइटेड सिमेन्ट्सले सामाग्री दिएको बताएको छ।
गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिकाको केही स्थानमा खाद्य सामाग्री वितरण गरेको हो। भविष्यमा आवश्यकता अनुसार सहयोग गरिरहने युनाइटेड सिमेन्ट्सले प्रतिबद्धता व्यक्त गरेको छ।