डेढ करोडको गाडी किन्दै पानीजहाज कार्यालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेपाल पानीजहाज कार्यालयले डेढ करोड रुपैयाँ बराबरको गाडी किन्ने भएको छ ।

 

कार्यालयले  गाडी खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको जनाएको छ । कार्यालयले बुधबार सूचना प्रकाशित गरी सिप्रदी ट्रेडिङलाई  १ करोड ४३ लाख ९८ हजार रुपैयाँमा चारपांग्रे एसयूभी गाडी किन्न ठेक्का दिएको जानकारी गराएको छ ।

 

कार्यालयले गत फागुन ८ गते सूचना प्रकाशित गर्दै गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय Read Previous

लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

युनाइटेड सिमेन्ट्सद्वारा खाद्य सामग्री वितरण Read Next

युनाइटेड सिमेन्ट्सद्वारा खाद्य सामग्री वितरण