खर्च बढ्दा बैंक अफ काठमाण्डूको नाफा ३३ करोड घट्यो

काठमाडौं । बैंक अफ काठमाण्डूको खुद नाफा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २७.४९ प्रतिशतले घटेको छ ।

 

बैंकले बुधबार सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ंचालू आवको चैत मसान्तसम्ममा ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३३ करोड ११ लाख ८९ हजार रुपैयाँ कम हो। गत आवको सोही अवधिमा बैंकले १ अर्ब २० करोड खुद नाफा कमाएको थियो।

 

लकडाउनका कारण राष्ट्र बैंकले ऋणीहरुलाई साँवा तथा कर्जाको किस्ता तिर्ने समय असार मसान्तसम्म बढाइदिएपछि बैंकको नाफा प्रभावित बनेको हो।

 

तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ८९ अर्ब ७७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १४ करोड ३४ लाख रुपैयाँ बढी हो।

 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ४७ करोड ५२ लाख रुपैयाँ घटेर १ अर्ब २३ करोड ५३ लाखमा सीमित भएको छ।

 

बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक छ। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँछ ।

 

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने २.१२ प्रतिशतबाट घटेर १.५३ प्रतिशतमा आएको छ । बैंकको प्रतिसेयर आम्दानी १३.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९९ गुणा छ।

अब एकल पुरुषले पनि मासिक भत्ता पाउने Read Previous

अब एकल पुरुषले पनि मासिक भत्ता पाउने

लक्षण नै नदेखिएका व्यक्तिमा कोरोना देखिएपछि डब्लूएचओको टोली नेपालगञ्जमा Read Next

लक्षण नै नदेखिएका व्यक्तिमा कोरोना देखिएपछि डब्लूएचओको टोली नेपालगञ्जमा