अब एकल पुरुषले पनि मासिक भत्ता पाउने

काठमाडौं । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक ५०० रुपैयाँ भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ ।

 

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

 

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० लाख विनियोजन थियो । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो,’ उनले भने ।

 

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ ।

 

अहिले ५०० रुपैयाँ बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।रासस

बिदामा आएका नेपालीलाई बैशाख ३० गते चार्टर्ड उडानमार्फत कोरिया पठाइने Read Previous

बिदामा आएका नेपालीलाई बैशाख ३० गते चार्टर्ड उडानमार्फत कोरिया पठाइने

खर्च बढ्दा बैंक अफ काठमाण्डूको नाफा ३३ करोड घट्यो Read Next

खर्च बढ्दा बैंक अफ काठमाण्डूको नाफा ३३ करोड घट्यो