नबिल बैंकमा घरमै बसेर निःशुल्क खाता खोल्ने सकिने

काठमाडौं । नबिल बैंकले घरमै बसेर अनलाइनमार्फत खाता खोली सीमित कारोबारसमेत गर्न सकिने सुविधा ल्याएको छ ।

 

विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले उक्त योजना सुरु गरेको बैंकले जनाएको छ ।

 

यसअन्तर्गत ग्राहकले घरबाटै खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङजस्ता सुविधाको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ ।

 

मोबाइल बैंकिङ सुविधा अन्तर्गत रिचार्ज गर्ने, बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, रकम रकमान्तर गर्ने जस्ता कार्य मोबाइलबाटै गर्न सकिने जनाइएको छ ।

 

यो सुविधा कोभिड १९ संक्रमण न्यूनीकरण एवं ग्राहकको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान गरिएको बैंकले जनाएको छ ।

वारेन बफेट पनि धमाधम सेयर बेच्दै, पहिलो त्रैमासमै उनको कम्पनीलाई करिब ४८ अर्ब डलरको घाटा Read Previous

वारेन बफेट पनि धमाधम सेयर बेच्दै, पहिलो त्रैमासमै उनको कम्पनीलाई करिब ४८ अर्ब डलरको घाटा

गरिमा धान पीडित कृषकलाई सरकारले दियो २० प्रतिशत राहत Read Next

गरिमा धान पीडित कृषकलाई सरकारले दियो २० प्रतिशत राहत