जेठ १ देखि नयाँ ढाँचा अनुसार रिपोर्टिङ पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारी कारोबारको नियमित रिपोर्टिङ जेठ १ देखि नयाँ ढाँचा अनुसार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

 

एक विज्ञप्तीमा जारी गर्दै राष्ट्र बैंकले बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि नयाँ ढाँचा बमोजिम राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि राष्ट्र बैंककै तोकिएका कार्यालयमा अनिवार्य रुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

 

विज्ञप्तीमा सरकारी कारोबारको नियमित रिपोर्टिङ बैशाख मसान्तसम्म साबिक ढाँचामा तथा जेठ १ पश्चात निर्दिष्ट गरेले नयाँ ढाँचामा बुझाउन उल्लेख गरिएको छ ।

 

यसअघि बैंकले वाणिज्य बैंकहरुलाई बैशाख २ गते १० कार्यदिनभित्र सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबारको लागि खाता खोेल्न तथा सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको थियो ।

 

साथै, हाल इमेलमार्फत राष्ट्र बैंकसमक्ष सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको तथा सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकोले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीहरुको व्यक्तिगत इमेलमार्फत समेत प्रतिवेदन पेश गर्ने गरेकोमा अब उप्रान्त सरकारी कारोबारसम्बन्धी प्रतिवेदन पेश गर्न एउटा छट्टै इमेल आइडीको व्यवस्था गरी सोही आइडीमार्फत मात्र पत्राचार गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

फेसबुकपछि अर्को अमेरिकी कम्पनीले रिलायन्स जियोको ७५ करोड डलरको सेयर किन्दै Read Previous

फेसबुकपछि अर्को अमेरिकी कम्पनीले रिलायन्स जियोको ७५ करोड डलरको सेयर किन्दै

जम्मा ५८ करोड ऋण लगानी गरेको इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा साढे ५९ करोड Read Next

जम्मा ५८ करोड ऋण लगानी गरेको इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा साढे ५९ करोड