काठमाडौं । डिजीटल टेलिभिजिन सेवा प्रदायक कम्पनी डिशहोमले विद्यार्थीहरुका लागि विशेष योजना ल्याएको छ।
कोरोना भाइरसको महामारीका कारण लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई डिसहोमले टेलिभिजन मार्फत कक्षा संचालन गर्ने भएको छ।
कोरोना भाइरसका कारण अहिले सबै शैक्षिकसंस्था ठप्प छन्। यही अवस्थालाई मध्यनजर गर्दै डिशहोमले बैशाख २० गते शनिबारदेखि विद्यार्थीहरुलाई लक्षित गर्दै कक्षा संचालन गर्ने भएको हो। अब कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले घरमै बसेर अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु पढ्न पाउनेछन्।
डिशहोमको च्यानल नं. ११४ माकक्षा १० को, च्यानल नं.११५ माकक्षा ९, ८ र ७ को र च्यानल नं.११७ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु बिहान ८ बजेदेखि बेलुकी ८ बजे सम्मप्रसारण हुनेछन् ।
लकडाउनले गर्दा पुग्न गएको शैक्षिक असरलाई थोरै भएपनी टेवा दिन सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै विद्यार्थीहरुको पढाईलाई असर नपरोस् भन्ने सोचका साथ कक्षा सञ्चालन गर्न लागेको डिशहोमका महाप्रबन्धक रमेश सापकोटाले बताए। साथै विद्यार्थीको पढाईको लागि अभिभावकले पनि सहयोग गर्नु पर्ने सापकोटाले आग्रह गरेका छन्।
डिशहोमले यसअघि पनि एसईई तयारी कक्षा संचालन गर्दै आएको थियो। डिसहोमले आफ्ना ग्राहका लागि असअघि पनि विभिन्न अतिरिक्त सेवासुविधा दिँदै आएको छ।
विगतमा सामाजिक उत्तरदायित्व अन्तर्गत देश भरका विभिन्न ठाउँका शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गर्दै आएको छ।
त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै डिशहोमले ६ महिना देखि विविध कारणले रिचार्ज नगरेका ग्राहकलाई बैशाख २१ गते देखि ३० दिनको लागि निःशुल्क च्यानलहरु हेर्ने व्यवस्था गरेको छ।