मेगा बैंकका ग्राहकले २४ घण्टाभित्रै घरायसी सामान घरमै पाउने

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।

 

मेगा बैंक र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो ।

 

खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाईजको वेबसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिनेछ ।

 

लकडाउनका समयमा ग्राहकलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधि र खाद्यान्नका लागि विभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ ।

 

बैंकका ग्राहकले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् ।

 

अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरुलाई सहज तथा सुरक्षित रुपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान खरिदको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

स्वास्थ्य सामग्री ल्याउन दुई वाइडबडी जहाज चीन पठाउँदै सेना Read Previous

स्वास्थ्य सामग्री ल्याउन दुई वाइडबडी जहाज चीन पठाउँदै सेना

डिशहोमको विद्यार्थीका लागि विशेष प्याकेज, टेलिभिजन मार्फत कक्षा संचालन गर्ने Read Next

डिशहोमको विद्यार्थीका लागि विशेष प्याकेज, टेलिभिजन मार्फत कक्षा संचालन गर्ने