भारतमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै घट्यो, नेपालमा कस्तो पर्ला प्रभाव

भारतमा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु घटेको छ।

 

भारतका इन्धन मार्केटिङ कम्पनीहरुले आजदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेको छ। आजसहित लगातार तीन महिना भारतमा ग्यासको मूल्य घटेको हो।

 

भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्यास प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ। त्यस्तै मुम्बइमा ७१४ बाट घटेर ५७९ भारु भएको छ। त्यस्तै कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ।

 

कोरोना भाइरसको महामारीकाबीच विश्वमा पेट्रोलियम पदार्थको मूल्यसमेत घटेको छ ।

खानासँगै अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी गर्दै फुडमाण्डु, डिजिटल व्यवसायमा गुणात्मक फड्को Read Previous

खानासँगै अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी गर्दै फुडमाण्डु, डिजिटल व्यवसायमा गुणात्मक फड्को

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो Read Next

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो