थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

 

नेपालमा हालसम्म संक्रमित भएका ५९ मध्ये १६ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

भारतमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै घट्यो, नेपालमा कस्तो पर्ला प्रभाव Read Previous

भारतमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै घट्यो, नेपालमा कस्तो पर्ला प्रभाव

किसानले ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ पाउने Read Next

किसानले ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ पाउने