विश्वका आधा कामदारको रोजगारी संकटमा, उत्पादनमूलक क्षेत्रमा काम गर्ने बढी प्रभावित

अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै १ अरब ६०करोड कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।

 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदूरहरू मर्कामा परेका हुन् ।

 

अनौपचारिक क्षेत्र अन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर सङ्कट’मा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ ।

 

विश्वभरी झण्डै ३ अर्ब ३ करोड कामदार भएको जनाइएको छ । ती मध्ये २ अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् ।कोरोनाका कारण सङ्कटमा परेकाहरू अधिकांश शारिरीक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ ।

 

उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ ।

 

त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।

जीवन बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप Read Previous

जीवन बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप

फर्स्ट माइक्रोफाइनान्सको नाफा ५२ लाख घट्यो, यस्तो छ अन्य सूचक Read Next

फर्स्ट माइक्रोफाइनान्सको नाफा ५२ लाख घट्यो, यस्तो छ अन्य सूचक