काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा सामान्य गिरावट आएको ।
माइक्रोफाइनान्सले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ८ करोड ६६ लाख ७१ रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ५२ लाख २२ हजार रुपैयाँ (५.६८ प्रतिशत) कम हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै ४ प्रतिशत बढीले घटेसँगै खुद नाफामा गिरावट आएको हो। चालू आवको चैत मसान्तसम्ममा लघुवित्तले १३ करोड ८७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ६१ लाख ७७ हजार रुपैयाँ कम हो।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ४४ लाख ३ हजार रुपैयाँबाट ७० लाख ७४ हजार घटेर १३ करोड ७३ लाख २९ हजारमा खुम्चिएको छ। लघुवित्तको कर्मचारी खर्च १३ प्रतिशत बढेर १ करोड ५९ लाख पुगेको छ। समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ३.४७ रुपैयाँले घटेर १४.४३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२४.२१ रुपैयाँ छ । त्यसैगरी लघुवित्तको खराब कर्जा अनुपात शून्य, कोषको लागत ९.४७ प्रतिशत, पूँजीकोष अनुपात १७.७९ प्रतिशत र मूल्य आम्दानी अनुपात २८.७६ गुणा रहेको छ।