स्वास्थ्य सामग्री लिन चीनको चाङ्सा जाँदै हिमालय एयरलाइन्स

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गर्ने भएको । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुुहान उड्ने तालिका रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।

 

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडानको तयारी गरिएको कम्पनीका सेवा सुधार शाखाकी प्रमुख उज्ज्वला दलीले जानकारी दिए। लकडाउनको अवधिमा हिमालयको चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।

 

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान ६ः३० बजे काठमाडौँ आइपुग्नेछ ।

 

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

 

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो । पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा Read Previous

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा

साढे २५ लाख धरौटीमा रिहा भएका शंकर ग्रुपका शुलभ अग्रवाल रिहा भए लगत्तै फेरि पक्राउ Read Next

साढे २५ लाख धरौटीमा रिहा भएका शंकर ग्रुपका शुलभ अग्रवाल रिहा भए लगत्तै फेरि पक्राउ