साढे २५ लाख धरौटीमा रिहा भएका शंकर ग्रुपका शुलभ अग्रवाल रिहा भए लगत्तै फेरि पक्राउ

काठमाडौं । २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका शंकर ग्रुपका शुलभ अग्रवाल रिहा भए लगत्तै फेरी पक्राउ परेका छन् । उनी माथी सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ गरिएको बताइएको छ ।

 

कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाललाई आजै मात्र  जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले  २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

 

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

 

मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएका हुन् ।

 

अग्रवाल ३ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ परेका हुन् । उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन समेत बरामद भएको थियो । अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् ।

 

सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो ।

स्वास्थ्य सामग्री लिन चीनको चाङ्सा जाँदै हिमालय एयरलाइन्स Read Previous

स्वास्थ्य सामग्री लिन चीनको चाङ्सा जाँदै हिमालय एयरलाइन्स

अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्रस्ताव माग, यस्तो मापदण्ड पुगेका कम्पनीले पाउँछन् लाइसेन्स Read Next

अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्रस्ताव माग, यस्तो मापदण्ड पुगेका कम्पनीले पाउँछन् लाइसेन्स