एमबीएल स्मार्ट बचत खातामा १४ लाखको बीमा

नयाँ आर्थिक वर्षको सुरुवात संगै माछापुच्छ्र्रे बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै माछापुच्छ्रे स्मार्ट बचत खातामा १४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाख सम्मको उपचार खर्च प्रदान गर्नेछ । साथै वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउनेछ ।

 

माछापुच्छ्रे बैंकले १ बर्ष अगाडी बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरि उक्त बचत खातामा विषेशताहरु थप गरेको हो । ५ हजार न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जस अन्तर्गत बैंकले हालसम्म ११५ जना भन्दा बढि ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ ।

 

बैंकले स्मार्ट बचतमा खातामा ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।

 

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३१ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी २२५ स्थानवाट ६ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

करका दरमा आजबाट परिवर्तन, थाहापाउनुस् सेयरदेखि घर-जग्गासम्मको अवस्था Read Previous

करका दरमा आजबाट परिवर्तन, थाहापाउनुस् सेयरदेखि घर-जग्गासम्मको अवस्था

टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयाेग Read Next

टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयाेग