टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयाेग

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई ५ लाखको आर्थिक सहायता प्रदान गरेको छ ।  टिच फर नेपालले ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउँदै आएको छ ।

 

“एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३० हजार भन्दा बढि विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाएको छ ।

 

आज एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका थिए ।

 

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

 

हाल बैंकको शाखा ५९ वटा संख्या , १२१ वटा एटिएम तथा २६ सय भन्दा बढि कार्ड मर्चेन्टहरु र १३ हजार ५ सय भन्दा बढी विप्रेषण भुक्तानी काउन्टर रहेको छ ।

एमबीएल स्मार्ट बचत खातामा १४ लाखको बीमा Read Previous

एमबीएल स्मार्ट बचत खातामा १४ लाखको बीमा

सरकारले ल्याउने भनेको ३ सय बिजुली बस किन्न साझालाई सुम्पियो ३ अर्ब Read Next

सरकारले ल्याउने भनेको ३ सय बिजुली बस किन्न साझालाई सुम्पियो ३ अर्ब