लकडाउनका बीच भैरहवा भन्सारबाट भित्रियो साढे ४ हजार कन्टेनर सामान

बन्दाबन्दी शुरु भएपछि भैरहवा भन्सार कार्यालय हुँदै ४ हजार ५६२ कन्टेनर सामान भारतबाट नेपाल भित्रिएका छन् । गत चैत ११ देखि यही वैशाख ११ सम्म ३१ दिनका अवधिमा उक्त भारतबाट दैनिक रुपमा खाद्यान्न तथा हरियो तरकारी नेपाल भित्रिनेक्रम पहिलेभन्दा बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

 

विशेषगरी एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलु, प्याज र तरकारी तथा फलफूल बोकेर आउने कन्टेनर बढी आएको भैरहवा भन्सार कार्यालयका प्रमुुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए ।

 

गत आर्थिक वर्ष २०७५/०७६ को यही अवधि चैत ११ देखि वैशाख ११ सम्म त्यस्तो कन्टेनर तीन हजार ७५७ रहेकोे भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले जानकारी दिए ।

 

बन्दाबन्दीपछि राहत वितरण तीव्र हुनु र मानिसमा सामान किनेर भण्डार गर्ने प्रवृत्तिका कारण मागअनुसार भारतीय कन्टेनर खाद्यान्न तथा हरियो तरकारी बोकेर नेपाल आएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले बताए ।

 

लकडाउनपछि भारतिय तरकारी र खाद्यान्नको माग बढी हुनु तथा नेपालभित्र उत्पादित कृषि वस्तु बजारसम्म पुग्न कठिन भएकाले पनि बढी आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

श्रमिक र पर्यटन व्यवसायलाई पुनर्जीवन दिनेगरी कार्यक्रम ल्याउन माग Read Previous

श्रमिक र पर्यटन व्यवसायलाई पुनर्जीवन दिनेगरी कार्यक्रम ल्याउन माग

अब मोबाइल एपबाटै सामाजिक दूरी कायम गर्न सकिने Read Next

अब मोबाइल एपबाटै सामाजिक दूरी कायम गर्न सकिने