श्रमिक र पर्यटन व्यवसायलाई पुनर्जीवन दिनेगरी कार्यक्रम ल्याउन माग

काठमाडौं, । ट्रेकिङ एजेन्सी एसोसिएसनअफ नेपाल (टान) र नेपाल टेकिङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव)ले पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भट्टराइले कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुर्नजीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताए । मन्त्री भट्टराइले सरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्नन सकिने उल्लेख गर्दै सरकार र नीजि क्षेत्रको संयुक्त पहलमा मात्र व्यवसायीको लगानी र श्रमिक तथा कर्मचारीको जीवनयापन सुरक्षित गर्न र पर्यटन व्यवसायलाई ब्युताउँन सकिने बताए ।

 

यस्ता खालकाप्रकोपवाट मात्रनभएर अन्य उतार चढावले पनि पहिलो निशाना पर्यटन क्षेत्रलाई नै पार्नेे उल्लेख गर्दै मन्त्री भट्टराईले जनसंख्याको ठूलो हिस्सा धानेको पर्यटन क्षेत्रलाई फेरी कसरी व्युताउँन सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताए । नेपालको पर्यटन क्षेत्रमा १५ खर्व ९५ अर्र्ब भन्दा बढी र आठ–नौ लाख प्रत्यक्ष रोजगारी रहेको प्रारम्भिक तथ्यांक रहेको उल्लेख गर्दै मन्त्री भट्टराइले भने–‘आठ–नौ लाख जनसंख्या प्रत्यक्ष रोजगारीमा जोडिएको यो क्षेत्रबाट आश्रित जनसंख्याको हिस्सा ठूलो छ, तीनको जीवनयापनलाई सुरक्षित बनाउन सरकारले उचित कदम चाल्छ ।’

 

यसअघि मन्त्रीपरिषद्को बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरुले तिनुपर्ने ब्याजको समय सीमा बढाउने, घरभाडा छुटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केहि घोषणा भइसकेको उल्लेख गर्दै मन्त्री भट्टराइले दीर्घकालीन राहतका प्याकेज बारे पनि आन्तरिक तयारी भइरहेको बताए ।

 

उनले भने–‘व्यवसायीलाई पछि पनि कसरी वित्तीय सहयोग उपलब्ध गराउने र श्रमिकलाई पनि सरकार वा सम्बन्धित कम्पनी जमानी बसेर केही गर्न सकिन्छ कि भनेर गृहकार्य गरिरहेका छौं ।’ त्यस्तै, यदि यो क्षेत्रमा आवद्ध श्रमिकहरु जान चाहान्छन् भने हाइड्रोपावर, सडक निर्माण,विमानस्थल निर्माण, सगरमाथा सरसफाई, सम्पदा सरसफाइ लगायतका काममा लगाउन सकिने गरि वैकल्पिक रोजगारीका बारेमा पनि गृहकार्य भइरहेको मन्त्री भट्टराईले बताए ।

 

कोरोनाका कारण अलपत्र परेका तथा खान नपाएका कोही श्रमिक÷कर्मचारी छन् भने तीनको समस्याको तत्काल सम्बोधन गरिने उल्लेख गर्दै मन्त्री भट्टराईले समस्यामा परेकाहरुको तथ्यांक तत्काल उपलब्ध गराउन टान र युनिट्रावका प्रतिनिधिसँग आग्रह गरे ।

 

टान र युनिट्रावका तर्फबाट बुझाईएको ध्यानाकर्षण पत्रमा ब्याज मिनाहा, १ वर्ष सम्म विनाधितो २ प्रतिशत ब्याजदरमा २० लाख सम्मकर्जा सुविधा तथा घरभाडा छुटका लागि पहल गर्नुपर्ने, टिम्स अन्तरगतमजदुर कल्याण कोषको जम्माभएको रकम श्रमिकहितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नविकरणको समयावधि ६ महिनाथप्नु पर्ने, आउँदो बजेट मार्फत पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनुपर्ने लगायका माग उल्लेख गरिएका छन् ।

लकडाउने बढायो प्रविधिको प्रयोग, सरकारी कम्पनीले बेच्यो अनलाइनबाटै ८० क्विन्टल खाद्यान्न Read Previous

लकडाउने बढायो प्रविधिको प्रयोग, सरकारी कम्पनीले बेच्यो अनलाइनबाटै ८० क्विन्टल खाद्यान्न

लकडाउनका बीच भैरहवा भन्सारबाट भित्रियो साढे ४ हजार कन्टेनर सामान Read Next

लकडाउनका बीच भैरहवा भन्सारबाट भित्रियो साढे ४ हजार कन्टेनर सामान