अब मोबाइल एपबाटै सामाजिक दूरी कायम गर्न सकिने

काठमाडौं । विश्वप्यापी कोरोना भाइरसको सन्त्रासबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि एक महीनादेखि हामी घरभित्रै छौँ ।कोरोनाको त्रासमा पनि दैनिक उपभोग्य वस्तुको खरीद गर्न घरबाहिर निस्कुनपर्ने तपाईं हाम्रो बाध्यता छँदैछ । त्यसमाथि विक्रेताकहाँ हुने अस्वभाविक भीडको चिन्ताले पनि सताइरहेको छ ।

 

स्वतःस्फूर्त रूपमा सामाजिक दूरी कायम गर्न हिचकिचाउनेहरूसँग यतिबेला जोगिनै मुश्किल छ । यिनै समस्याको समाधान गर्न एप्लिकेशन बजारमा नयाँ एप्स ‘सोसल डिस्टान्सिङ एप’ थपिएको छ ।

 

विगत १२ वर्षदेखि सूचना तथा प्रविधि र सुरक्षाको क्षेत्रमा निरन्तर क्रियाशील प्याशन सेक्युरेटी सोलुशन प्रालिले यो एप आफ्नो पर्टनर कम्पनीको सहयोगमा ‘माइ सिटी’ एप निर्माण गरेको हो । निर्माण गरेको हो ।

 

लकडाउन कायम रहँदा होस् वा लकडाउन खुलेपछि सामाजिक दूरी कायम गर्न मद्दत पुर्याउने उद्देश्यले एप निर्माण गरेको कम्पनीका सञ्चालक ज्ञानेन्द्र भट्टराई बताए ।

 

सामाजिक दुरी कायम राख्दै सामान खरीद तथा विक्रीमा एपले सुरक्षा प्रदान गर्छ । संसारबाट कोरोना भाइरस संक्रमणको सम्भावना निर्मुल नभएसम्म सामाजिक दूरी कायम गर्नुपर्ने हाम्रो दैनिक जीवनको बाध्यता र चुनौतीलाई एपले सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।

 

कसरी काम गर्छ एपले

 

एप स्टोरमा उपलब्ध एप मोबाइलमा इन्स्टल गरी सबैभन्दा पहिला व्यवसायीले आ-आफ्नो विभिन्न प्रकारको व्यवसाय र खरीदकर्ताले व्यक्तिगत विवरण रजिस्टेशन (दर्ता) गर्नुपर्नेछ ।

 

दर्तापछि क्रेता र विक्रेताबीच एपबाटै पसलको भीडभाड र अन्य स्थितिबारे सूचना आदानप्रदान गर्न सहज हुनेछ । जसका लागि सामान खरीदकर्ताले टोकन नम्बर (पालो) जेनरेट गर्नेछन् र उक्त जानकारी सम्बन्धित खाद्य स्टोरमा पुग्छ ।

 

त्यसपछि खाद्यस्टोर लगायतका सबै किसिमका पसलमा पालैपालो टोकन कल गरी सामान खरीद गराउनेछन् । एप्लिकेशनले तपाईंको बसोबासस्थलबाट सबैभन्दा नजिकको किराना पसल, भेजिटेबल सप वा डेरीलगायत खाद्य स्टोर लगायत जहाँ पनि भीड लाग्छ त्यहाँका लागि प्राथमिकता दिनेछ ।

 

पसलसम्म पुग्ने दुरी र स्थानको बारेमा यसले स्पष्ट जानकारी दिनेछ । सामाजिक दूरी कायम गर्न सहज हुने यो एप सबै नगरपालिकाका र सम्बन्धित वडाहरूमार्फत कार्यक्रम बनाएर नीतिगत रूपमै अगाडि बढाउन सकिने कम्पनीको दाबी छ ।

 

आफ्नो वडामा दर्ता भएका सबै व्यावबसायी र नागरिकलाई अनुरोध गरेर यसलाई प्रयोग गर्न सकिने सञ्चालक भट्टराई बताउँछन् । कोरोना महामारीलाई दृष्टिगत गरी हालका लागि कम्पनीले निःशुल्क रूपमा यो एप उपलब्ध गराएको जानकारी दिएको छ ।

 

कसरी गर्ने प्रयोग

 

यसको प्रयोग कसरी गर्ने भन्ने एपमा नै उल्लेख गरिएको छ । यसको जानाकारीको लागि भन्ने बुँदामा गएर यसको प्रयोगबारे हेर्न सकिन्छ ।

 

हालको लागि एनरोड मोबाइलको लागि डाउनललोड गर्न सकिने भएपनि आइओएसको लागि पनि काम भैरहेको छ । एप चलाउनको लागि व्यवसायी र ग्राहक दुवैमा डाउनलोड भएको हुनु पर्नेछ । एप चलाउनको लागि व्यवसायी र ग्राहक दुवैमा डाउनलोड भएको हुनु पर्नेछ ।

लकडाउनका बीच भैरहवा भन्सारबाट भित्रियो साढे ४ हजार कन्टेनर सामान Read Previous

लकडाउनका बीच भैरहवा भन्सारबाट भित्रियो साढे ४ हजार कन्टेनर सामान

बिदामा नेपाल आएका कामदार कोरिया जान पाउने, टिकटको १ लाख १३ हजार तिर्नुपर्ने Read Next

बिदामा नेपाल आएका कामदार कोरिया जान पाउने, टिकटको १ लाख १३ हजार तिर्नुपर्ने