सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने

काठमाडौं । सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

 

निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

उक्त मुद्दतीको न्यूनतम अवधि तीन महिना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जनाइएको छ ।

 

बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ ।

बुद्ध एयरले बनायो हवाई सुरक्षा निर्देशिका, जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने Read Previous

बुद्ध एयरले बनायो हवाई सुरक्षा निर्देशिका, जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने

विश्वभर कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो, २ लाख १२ हजारको मृत्यु Read Next

विश्वभर कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो, २ लाख १२ हजारको मृत्यु