विश्वभर कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो, २ लाख १२ हजारको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या साढे ३० लाख नाघेको छ । वर्ल्डोमिटको तथ्यांक अनुसार मंगलबार बिहानसम्म ३० लाख ६४ हजार ८३७ जना संक्रमित रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार ७४६ नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ६०९ पुगेको छ ।कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ५३२ जनाको मृत्यु भएको छ ।

 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार १९६ जना संक्रमित थपिएका छन् भने १ हजार ३८४ जनाको मृत्यु भएको छ ।

 

अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ४६७ पुगेको छ भने मृतकको संख्या ५६ हजार १६४ पुगेको छ ।

 

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ भने मृतकको संख्या ९३९ पुगेको छ । सोमबार मात्रै भारतमा १ हजार ५६१ जना संक्रमित हुँदा ५८ जनाको मृत्यु भएको छ ।

 

नेपालमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका छैन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने Read Previous

सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने

कोरोनाको इपिसेन्टर इटलीमा यसरी बनाइँदैछ लकडाउन खुकुलो Read Next

कोरोनाको इपिसेन्टर इटलीमा यसरी बनाइँदैछ लकडाउन खुकुलो