नबिल बैंकले ल्यायो ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा

काठमाडौं । नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना व्यावसायिक ग्राहकलाई विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सेवा ल्याएको बैंकले जनाएको छ ।

 

ई@नबिल एसएमई, मिड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ सेवा हो । ई@नबिलमार्फत बैंकका ग्राहकले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरुलाई स्वयं नै रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

 

यस्तै देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरूसमेत गर्न सक्ने बैंकले जनाएको छ ।

 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ई@नबिल व्यावसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली रहेको भन्दै यस प्रणालीमार्फत ग्राहकले सजिलै छोटो समयमा स्वयं नै रकमान्तरण गर्न सक्ने बताए ।

प्रभु बैंकमा आगलागी, क्षतिको विवरण आउन बाँकी Read Previous

प्रभु बैंकमा आगलागी, क्षतिको विवरण आउन बाँकी

सर्वसाधारणको चाप हुने स्थानमा सेनिटाइज टनेल विस्तार गरिँदै Read Next

सर्वसाधारणको चाप हुने स्थानमा सेनिटाइज टनेल विस्तार गरिँदै