निजी क्षेत्रले बढाए पनि टेलिकमले इन्टरनेटको महशुल नबढाउने

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरुले आज (साउन १ गते) देखि लागू  हुने गरी इन्टरनेटको महशुल बढाएका छन् । तर, सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले भने इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ ।

टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल वृद्धि नगर्ने जनाएको हो । नेपाल सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो ।

उपभोक्ताको हितलाई मध्यनजर राख्दै तत्कालको लागि कम्पनीद्वारा प्रदत्त ताररहित र तारसहितको दुवै इन्टरनेट सेवाको महशुल दरमा कुनै शुल्क वृद्धि नगरिने टेलिकमले जनाएको छ ।

थपियो सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय Read Previous

थपियो सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय

करका दरमा आजबाट परिवर्तन, थाहापाउनुस् सेयरदेखि घर-जग्गासम्मको अवस्था Read Next

करका दरमा आजबाट परिवर्तन, थाहापाउनुस् सेयरदेखि घर-जग्गासम्मको अवस्था