काठमाडौं । डिसहोम सिनेमाघरमा वैशाख ११ देखि नेपाली चलचित्र ‘छ माया छपक्कै..’ प्रदर्शन सुरु भएको छ । डिसहोमले च्यानल नं. ८८८ मा घरैमा बसेर चलचित्र हेर्ने व्यवस्था मिलाएको हो ।
‘छ माया छपक्कै…’ मनोरञ्जनले भरिएको चलचित्र हो । यसकोको निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।
डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा दैनिक ८ शो प्रदर्शन हुँदै छ । डिसहोम ग्राहकले एक शोका लागि २ सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।
यो सिनेमाघर च्यानल खुलाउनका लागि कम्पनीको आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर अथवा मोबाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाउन सकिन्छ ।
त्यस्तैगरी सिनेमाघर खुलाउने डिसहोम ग्राहक सेवा केन्द्र १६६००१२२०००, ०१४२१७६६६ र ९८०११५५००० मा फोन गर्न वा नजिकको डिसहोम बिक्रेतासँग सम्पर्क गर्न सकिन्छ ।