काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गर्न स्वास्थ्य सामग्री ढुवानीको बोलपत्र आह्वान गरेको छ।
सेनाका अनुसार बुधबार आह्वान गरिएको बोलपत्रमा शुक्रबारसम्म आवेदन दिन पाइनेछ । चीनबाट करिब २ अर्ब २६ करोड बराबरको करिब ३४० टन स्वास्थ्य सामग्री ल्याइने सेनाले जनाएको छ ।
खरिद गरेका सामग्री गोन्जाउमा जम्मा गरिदिने भनेपछि सेनाले हवाई वा सडक यातायातमध्य एकबाट ल्याउने जनाएको छ ।
मन्त्रिपरिषद्को चैत १६ को निर्णय अनुसार जीटूजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री खरिद गरेर ल्याउन सेनालाई जिम्मा दिइएको थियो ।