महँगोमा नुन बेच्दा २ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो ।

 

त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०(५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

चीनबाट ३४० टन स्वास्थ्य सामग्री ढुवानी गर्न बोलपत्र आह्वान Read Previous

चीनबाट ३४० टन स्वास्थ्य सामग्री ढुवानी गर्न बोलपत्र आह्वान

लकडाउनका बाबजूद यसरी भइरहेको छ ठूला पूर्वाधार आयोजनाका काम Read Next

लकडाउनका बाबजूद यसरी भइरहेको छ ठूला पूर्वाधार आयोजनाका काम