नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, ८१ वर्षीया बृद्धा डिस्चार्ज

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको छ ।

 

दयपुरकी संक्रमित त्रियुगा नगरपालिका –३ भुल्केकी हुन् । नेपालका लागि उदयपुर कोरोनाको इपिसेन्टर बनेको छ । कुल ४७ संक्रमितमध्ये उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ ।

 

यसैबीच पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ पुरुष र ८१ वर्षीय वृद्धा डिस्चार्ज भएका छन् । उनीहरु आमा–छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

 

हालसम्म संक्रमित भएका ४७ मध्ये ९ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

सकंटको आर्थिक अस्त्र डिजिटल कारोबार Read Previous

सकंटको आर्थिक अस्त्र डिजिटल कारोबार

डिसहोम सिनेमाघरमा ‘छ माया छपक्कै...’ Read Next

डिसहोम सिनेमाघरमा ‘छ माया छपक्कै...’