काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले राजीनामा दिएका छन् ।
४ वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका ज्ञवालीले २ वर्ष मात्र कार्यकाल बिताएर बाहिरिन लागेका हुन् ।
यद्यपि बैंक सञ्चालक समितिले उनको राजीनामा भने स्वीकृत गर्न बाँकी छ । आज बस्ने सञ्चालक समिति बैठकले राजीनामाको विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
चार्टर्ड एकाउन्टेनसमेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमइ बैंक, जलविद्युत विकास कम्पनी, इन्भेष्टमेन्ट बैंकिङ कम्पनी लगायतमा काम गरेको अनुभव छ।