प्रधानमन्त्री ओलीले लगाए ‘ब्याक गियर’, अध्यादेश फिर्ता लिने

काठमाडौं । चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्।

 

विपक्षी राजनीतिक दल, नागरिक समाज, आफै पार्टी भित्रबाट समेत व्यापक विरोध भएपछि ओली आफैले ल्याएको अध्यादेश फिर्ता लिन बाध्य भएको बताइएको छ ।

 

प्रधानमन्त्री ओलीले सोमबार ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) अध्यादेश २०७७’ र ‘संवैधानीक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७’ अध्यादेश ल्याएका थिए ।

 

जसमा ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने व्यवस्था थियो भने संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान थियो ।

 

सम्भवत आजै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई अध्यादेश खारेजीका लागि पत्र पठाउन सक्ने स्रोतले बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।

मनोज ज्ञवालीले दिए ज्योति विकास बैंकको सीईओबाट राजीनामा Read Previous

मनोज ज्ञवालीले दिए ज्योति विकास बैंकको सीईओबाट राजीनामा

‘साना तथा मझौला व्यवसायीलाई सरकारले प्रत्यक्ष नगद नै सहयोग गर्नुपर्छ, उनीहरुको पूँजी ‘वाइप आउट’ भइसक्यो’ Read Next

‘साना तथा मझौला व्यवसायीलाई सरकारले प्रत्यक्ष नगद नै सहयोग गर्नुपर्छ, उनीहरुको पूँजी ‘वाइप आउट’ भइसक्यो’