स्वास्थ्य सामग्री लिन सिंगापुर गयो श्री एयरलाइन्स, आजै फर्कने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्स स्वास्थ्य सामग्री लिन सिंगापुर गएको छ । स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनको स्वास्थ्य सामाग्री लिन आज बिहान सिंगापुर प्रस्थान गरेको हो ।

 

एयरलाइन्सको जेट विमान ९ एन एएमबी सीआरजे ७०० ले सिंगापुरबाट अत्यावश्यक औषधि ल्याउने छ । श्रीले सिंगापुर सीधा उडान गर्नेछ भने आजै साँझसम्म औषधि लिएर स्वदेश फर्कने बताइएको छ ।

 

कम्पनीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत चार्टर गरिएको विमानको शुल्क सरकारसँग नलिने जनाएको छ । विमानले करिब ५०० किलो औषधि लिएर आउने जनाइएको छ । श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।

लकडाउन यता ७८ हजार मेट्रिकटन खाद्यान्न भित्रियो, वीरगञ्जमा रोकिए ३१५५ ट्रक Read Previous

लकडाउन यता ७८ हजार मेट्रिकटन खाद्यान्न भित्रियो, वीरगञ्जमा रोकिए ३१५५ ट्रक

मनोज ज्ञवालीले दिए ज्योति विकास बैंकको सीईओबाट राजीनामा Read Next

मनोज ज्ञवालीले दिए ज्योति विकास बैंकको सीईओबाट राजीनामा