एनआइसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १०%नगद फिर्ता

काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमबाट यस वर्षको आमाको मुख हेर्ने दिन बिहीबार उपहार किन्दा १० प्रतिशत नगद फिर्ता हुने भएको छ।

 

उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता हुने बैंकले बताएको छ। फुडमान्डु, ग्यापु मार्केट प्लेस तथा युजी केक्समार्फत उपलब्ध हुने केक तथा उपहारहरू छुट हुने गरी बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ।

 

जसअनुसार बैंकको मोबाइल बैंकिङ तथा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी उपहारको रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता पाउने बताइएको छ।

 

लकडाउनको समयमा ग्राहकलाई घरमै बसेर अनलाईनबाटै समान किन्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले मोबाइल बैंकिङ तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ।

 

बैंकले मुलुकभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

कोरोना कोषमा प्राइम लाइफको साढे ७ लाख सहयोग Read Previous

कोरोना कोषमा प्राइम लाइफको साढे ७ लाख सहयोग

लकडाउन यता ७८ हजार मेट्रिकटन खाद्यान्न भित्रियो, वीरगञ्जमा रोकिए ३१५५ ट्रक Read Next

लकडाउन यता ७८ हजार मेट्रिकटन खाद्यान्न भित्रियो, वीरगञ्जमा रोकिए ३१५५ ट्रक