कोरोना कोषमा प्राइम लाइफको साढे ७ लाख सहयोग

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना विरुद्धको लडाइमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

 

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिए ।

 

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपतको बेलामा सरकारलाई सहयोग गरेको जनाएको छ ।

सामाजिक सुरक्षा कोषमा श्रमिकको चैतको रकम सरकारले जम्मा गरिदिने Read Previous

सामाजिक सुरक्षा कोषमा श्रमिकको चैतको रकम सरकारले जम्मा गरिदिने

एनआइसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १०%नगद फिर्ता Read Next

एनआइसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १०%नगद फिर्ता