सामाजिक सुरक्षा कोषमा श्रमिकको चैतको रकम सरकारले जम्मा गरिदिने

काठमाडौं । सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ ।

 

रोजगारदाताले श्रमिकको फागुन महिनासम्मको योगदान रकम कोषमा दाखिला तथा चैत महिनाको तलब नियमितरुपमा भुक्तानी गरेको विवरण पेश गरेपछि मात्र चैत महिनाको योगदान रकम जम्मा हुने कोषले जनाएको छ ।

 

सरकारले लकडाउनका कारण प्रभावित भएका औपचारिक क्षेत्रका श्रमिकको चैत महिनाको कोषमा जम्मा गर्नुपर्ने आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिक र २९ प्रतिशत रोजगारदाताको तर्फबाट हुन आउने रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो ।

 

सरकारको सोही निर्णयसँगै फागुनसम्म नियमित योगदान गर्दै आएका रोजगारदाता र श्रमिकको चैत महिनाको योगदानबापत १८ करोड ६७ हजार प्राप्त भइसकेको कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् ।

लकडाउनको अवधिमा पनि करिब चार हजार योगदानकर्ता कोषमा आबद्ध भएका छन् । आजसम्म कोषमा १२ हजार ३३० रोजगारदाता र १ लाख ५७ हजार योगदानकर्ता सूचीकृत भइसकेका छन् ।

 

यसैगरी गत साउनदेखि कोषमा योगदान गर्न शुरु भएकामा हालसम्म ८६१ रोजगारदाताका ३३ हजार ३२७ श्रमिकले ९० करोड ५६ लाख योगदान रकम जम्मा भइसकेको छ ।

भूकम्पपछिको ५ वर्ष : ४ लाख ९३ हजार निजी आवास पुनर्निर्माण, ३ खर्ब ८१ अर्ब खर्च Read Previous

भूकम्पपछिको ५ वर्ष : ४ लाख ९३ हजार निजी आवास पुनर्निर्माण, ३ खर्ब ८१ अर्ब खर्च

कोरोना कोषमा प्राइम लाइफको साढे ७ लाख सहयोग Read Next

कोरोना कोषमा प्राइम लाइफको साढे ७ लाख सहयोग