तिब्बतबाट भित्रियो २ थान पीसीआर मेशिनसहित स्वास्थ्य सामग्री

काठमाडौं । तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

 

तातोपानी नाका हुँदै ८ करोड ३१ लाख रुपैयाँ बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौँ आइपुग्नेछ ।

 

अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा १०/१० हजार थान एन-९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन र ५० थान वेट वाइप छन् ।

 

तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४५ पुग्यो Read Previous

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४५ पुग्यो

भूकम्पपछिको ५ वर्ष : ४ लाख ९३ हजार निजी आवास पुनर्निर्माण, ३ खर्ब ८१ अर्ब खर्च Read Next

भूकम्पपछिको ५ वर्ष : ४ लाख ९३ हजार निजी आवास पुनर्निर्माण, ३ खर्ब ८१ अर्ब खर्च