काठमाडौं । नेपालमा एकैदिन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उनीहरु पनि उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।
नेपालका लागि उदयपुर कोरोनाको इपिसेन्टर बनेको छ । कुल ४५ संक्रमितमध्ये उदयपुरमा मात्रै संक्रमितको संख्या २६ पुगेको छ । हालसम्म संक्रमित भएका ४५ मध्ये ७ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।