कर्जा प्रवाह १० प्रतिशतले बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.१ प्रतिशतले बढेको हो ।

 

चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ६५.३ प्रतिशत कर्जा घरजग्गा धितोमा दिएका छन् । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.८ प्रतिशतले बढ्न पुगेको छ ।

 

नेपालको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ जति योगदान कृषि क्षेत्रबाट आउने भएपनि बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा लगानी घटिरहेको छ ।

 

कृषि उत्पादन बढेको वर्ष नेपालको आर्थिक वृद्धिदर पनि उच्च रहने गरेतापनि यस क्षेत्रतर्फ प्रवाहित कर्जा भन्ने केही सुधार भए पनि सन्तोषजनक छैन ।

 

चालू आर्थिक वर्षको आठ महिनाको नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६५.३ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषिमा १३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

 

२०७५ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.९ प्रतिशत र १४.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ९.९ प्रतिशत र सेवा क्षेत्रतर्फ १४.३ प्रतिशतले कर्जा बढेको छ ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २१.४ प्रतिशत, ओभरड्राफ्ट कर्जा ६.२ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १२.८ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा १०.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.३ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.७ प्रतिशतले बढेको छ ।

कोरोना असर : स्पेनको कुल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउने Read Previous

कोरोना असर : स्पेनको कुल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउने

अब ७ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति Read Next

अब ७ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति