कोरोना असर : स्पेनको कुल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउने

विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमणको प्रभाव यूरोपेली मुलुक स्पेनमा पनि अत्यधिक परेको छ । स्पेनमा सोमबारसम्म दुई लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका र यस सङ्क्रमणबाट २० हजार ८५२ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

 

यस प्रकोपका कारण सन् २०२० मा स्पेनको अर्थतन्त्र ६.६ प्रतिशतदेखि १३.६ प्रतिशतको बीचमा सङ्कुचित हुने स्पेनको केन्द्रीय बैंकले जनाएको छ ।

 

बैंक अफ स्पेनका अनुसार यहाँको अर्थतन्त्रमा देखिएको सङ्कुचन पछिल्ला केही दशकको इतिहासलाई उछिन्दै अनपेक्षित १३.६ प्रतिशतसम्म पुग्ने देखिएको छ ।

 

कोरोनाभाइरसका कारण अन्य मुलुकहरूजस्तै यूरोपेली यस राष्ट्रमा पनि बन्दाबन्दी (लकडाउन) कति लम्बिने हो निश्चित छैन जसका कारण कुल ग्राहस्थ उत्पादनमा पनि ‘व्यापक अनिश्तिता’ देखिएको छ । स्पेनमा गत मार्च १४ देखि बन्दाबन्दी शुरू भएको हो भने यो अझै अनिश्चित रहेको छ ।

 

एशियाकै अग्लो झोलुंगे पुलको निर्माण सम्पन्न Read Previous

एशियाकै अग्लो झोलुंगे पुलको निर्माण सम्पन्न

कर्जा प्रवाह १० प्रतिशतले बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा Read Next

कर्जा प्रवाह १० प्रतिशतले बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा