एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने

काठमाडौं । लकडाउन अवधिभर प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा सक्कली प्रमाण पत्र नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मको लागि यस्तो व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार तोकिएको शर्त पूरा गरी ईसुइङ बैंकले सक्कली कागजातको प्रतिलिपीको आधारमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

 

यसरी भुक्तानी गर्दा सक्कली कागजात तथा सो अनुसारको सामान प्राप्त नभएमा र विदेशी विनिमय अपचलन भएमा भुक्तानीको आवेदक स्वयम हुनु पर्नेछ । डीएपी र डीएए मार्फत हुने आयातको हकमा भने यो लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

 

कोरोना भाइरस संक्रमणको कारण हाल कुरियरहरु रोकिएको कारण सक्कली कागजात प्राप्त हुन नसक्ने हुँदा सो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

त्यस्तै राष्ट्र बैंकले व्यापारिक फर्महरुले खोलेका एलसीको अवधि २०७७ साल असार मसान्तसम्म थप्न सकिने व्यवस्था गरेको छ । थप गरिएको अवधि शुल्क/ब्याज तिर्नुपर्ने भएमा ६ महिना लेवर प्लस ३ प्रतिशतप्रति वर्ष भन्दा बढी तिर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

मानिस घरभित्रै थुनिँदा यसरी मुस्कुरायो धोवीखोला करिडोर (फोटोफिचर) Read Previous

मानिस घरभित्रै थुनिँदा यसरी मुस्कुरायो धोवीखोला करिडोर (फोटोफिचर)

अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक, नेपालमा कस्तो पर्ला प्रभाव ? Read Next

अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक, नेपालमा कस्तो पर्ला प्रभाव ?