अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक, नेपालमा कस्तो पर्ला प्रभाव ?

कोरोना भाइरसका कारण मागमा कमी आएपछि अमेरिकाकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ। सोमबार इतिहासमा पहिलोपटक अमेरिकी कच्चा तेलको मूल्य शून्यभन्दा तल झरेको रोयटर्सले जनाएको छ।

 

सोमबार अमेरिकी कच्चा तेलको मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर (१५८लिटर) पुगेको छ। तेलको अन्तराष्ट्रिय मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य पनि घटेको छ। ब्रेन्टको भाउ ८.९ प्रतिशतले घटेर २६ डलर प्रतिब्यारेल भएको छ।

 

समुद्र र जमिनमा पनि भण्डारणस्थल तीव्ररुपमा भरिइरहेको छ । राख्ने ठाउँ अभाव अब समस्याको रुपमा आएको छ । साथै कोरोना महामारीको संकट समाप्त भएपछि विश्वभर तेलको माग विस्तारै बढ्दै जाने छ अर्थात् अवस्था सामान्य हुन समय लाग्ने छ ।

 

यसरी घटेको मूल्यले अमेरिकी उपभोक्तालाई कतिको आकर्षित गर्छ भन्ने बारेमा स्पष्ट हुन सकेको छैन किनकी मूल्य घट्दा उपभोक्ता तेल किन्न आकर्षित हुने गरेका छन्। तर यसपटक कोरोनाका कारण भएको लकडाउनले मानिसहरूलाई घरभित्रै सिमित गरेकोले दृश्य कस्तो हुनेछ भन्नेमा स्पष्टता छैन।

 

कोरोना भाइरसले निम्त्याएको लकडाउनले संसारभर तेलको खपत घटेपछि तेल उत्पादक देशहरूले केही दिन अगाडि कच्चा तेलको उत्पादन १० प्रतिशतले कम गर्ने सहमति गरेका थिए।

 

अन्तरराष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा तेलको मूल्य घट्दैन। तर, तेलको मूल्य घट्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्ने जानकारहरु बताउँछन्।

 

हाम्रो आपूर्तिमा प्रमुख हिस्सा ओगटेको तेलको मूल्य घटेसँगै आयात बापत तिर्नुपर्ने रकम कम हुने उनीहरु बताउँछन्। यसले मुद्रास्फीतिलाई सीमाभित्र राख्न टेवा पुग्नेछ।

एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने Read Previous

एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने

एशियाकै अग्लो झोलुंगे पुलको निर्माण सम्पन्न Read Next

एशियाकै अग्लो झोलुंगे पुलको निर्माण सम्पन्न