अन्तर्राष्ट्रिय बजार तेलको मूल्य २ दशक यताकै न्यून

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य २ दशक यताकै न्यून भएको छ ।

 

अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रति ब्यारेलभन्दा पनि तल झरेको छ । पछिल्ला दुई दशकमा यो कच्चा तेलको मूल्यमा सबैभन्दा बढी गिरावट हो ।

 

कोरोना संकटका कारण विश्वभर तेलको मागमा अचानक कमी आउनु र उत्पादन कम गर्ने सम्झौता ढिलो गरी हुनुलाई गिरावटका लागि जिम्मेवार मानिएको छ ।

 

सोमबारको सुरुवाती कारोबारका दौरान अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) मा १९ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ ।

 

कच्चा तेलको मूल्य गिरावटका साथ १४.७३ डलर प्रति ब्यारेलसम्म पुगेको थियो । यद्यपि, केही समयपछि बजार स्थिर हुँदा मूल्य १५.७८ डलर प्रति ब्यारेल पुगेको बीबीसीले जनाएको छ ।

 

यसका साथै अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेंटमा पनि कच्चा तेलको मूल्य ४.१ प्रतिशत गिरावट दर्ज गरिएको छ । यहाँ तेलको मूल्य २६.९३ डलर प्रति ब्यारेलसम्म झरेको थियो । केही समयपछि मूल्य २८.११ डलर प्रति ब्यारेल भएको छ ।

राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै Read Previous

राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै

असिनाले २ करोड बराबरको कृषिबाली क्षति Read Next

असिनाले २ करोड बराबरको कृषिबाली क्षति