असिनाले २ करोड बराबरको कृषिबाली क्षति

विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब २ करोड मूल्य बराबरको क्षति पुर्याएको छ ।

 

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पुर्याएको छ ।

 

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको २५० घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ ।

 

गाउँपालिका अध्यक्ष एकराज उपे्रतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिए । यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ । रासस

अन्तर्राष्ट्रिय बजार तेलको मूल्य २ दशक यताकै न्यून Read Previous

अन्तर्राष्ट्रिय बजार तेलको मूल्य २ दशक यताकै न्यून

कोरोनालेभन्दा भोकमारीले सताउने डर,नेपालमा यो वर्ष १९ लाख मेट्रिकटन धान अपुग हुने Read Next

कोरोनालेभन्दा भोकमारीले सताउने डर,नेपालमा यो वर्ष १९ लाख मेट्रिकटन धान अपुग हुने