राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

 

केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ऋणपत्रको नवीकरण गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ ।

 

२० करोड रुपैयाँ बराबरको ९१ दिनको र ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । सो ऋणपत्रको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ।

 

यसअघि चैत २५ गते केन्द्रीय बैंक  निष्काशन  गरेको ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.५ प्रतिशत रहेको थियो । त्यसैगरी गत चैत ३० गते निष्काशन १८२ दिने ट्रेजरी बिलको ४.१५४ प्रतिशत कायम भएको थियो ।

 

वैशाख ९ गते (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ ।

१४ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि कोरोनाको उद्गमस्थल वुहानलाई न्यून जोखिम क्षेत्र घोषणा Read Previous

१४ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि कोरोनाको उद्गमस्थल वुहानलाई न्यून जोखिम क्षेत्र घोषणा

अन्तर्राष्ट्रिय बजार तेलको मूल्य २ दशक यताकै न्यून Read Next

अन्तर्राष्ट्रिय बजार तेलको मूल्य २ दशक यताकै न्यून