१४ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि कोरोनाको उद्गमस्थल वुहानलाई न्यून जोखिम क्षेत्र घोषणा

कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्यून जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

 

पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्यून जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्था अनुसार वुहान क्षेत्रलाई न्यून जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको हो ।

 

चीनमा कम्तीमा पनि पछिल्लो १४ दिनमा कोरोनाभाइरसबाट संक्रमित कुनैपनि व्यक्ति नभेटिएका राज्य, जिल्ला तथा शहरहरुलाई कोरोना न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिने मापदण्ड राज्य सरकारले बनाएको छ ।

 

त्यसैगरी ५० वा सोभन्दा कम संक्रमित देखिएको ठाउँलाई मध्यम जोखिम र ५० भन्दा बढी संक्रमित भेटिएको ठाउँलाई उच्च जोखिमपूर्ण क्षेत्र मानिने मापदण्डमा उल्लेख गरिएको छ ।

 

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको पछिल्लो विवरण अनुसार आइतबार देशभरी १६ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । आइतबारसम्ममा कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या चार हजार ६३२ पुगेको आयोगले जनाएको छ ।

 

त्यसैगरी कुल संक्रमितको संख्या ८२ हजार ७३५ पुगेको छ भने एक हजार ४१ जनाको मात्रै अहिले उपचार भइरहेको छ । बँकी ७७ हजार ६२ जना संक्रमणमुक्त भइसकेका छन् ।

तातोपानी नाकाबाट आयत वृद्धि Read Previous

तातोपानी नाकाबाट आयत वृद्धि

राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै Read Next

राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै