स्वास्थ्य सामग्री ल्याउन आज निगमका २ जहाज चीन जाँदै

काठमाडौं । थप स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई जहाजले आज चीन उडान गर्ने भएका छन् ।

 

एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउसम्म कार्गो उडान गर्ने भएको छ। एयरलाइन्सका अनुसार एउटा जहाज बेलुका पौने सात बजेतिर उड्ने र अर्को जहाज पनि लगत्तै उड्ने छ । एयरबस ए ३३० जहाजले उक्त कार्गो उडान गर्ने छन्।

 

मेडिकल सामग्री ल्याउनका लागि निजी क्षेत्रले जहाज बुकिङ गरेकोको बताइएको छ । आज चीन गएका जहाज भोलि बिहानसम्म काठमाडौं आइपुग्ने छन्।

 

यस अघि पनि निगकले पटक पटक चीनबाट स्वास्थ्य सामग्री ल्याइसकेको छ ।

नियमित रिपोर्टिङ गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन Read Previous

नियमित रिपोर्टिङ गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

लक डाउन अवधिभर नै सेयर कारोबार बन्द हुने Read Next

लक डाउन अवधिभर नै सेयर कारोबार बन्द हुने